+
+
Shares

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध सरकारी लेटरप्याड दुरुपयोग र सार्वजनिक पोखरी निर्माणको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
  • जिल्ला अदालतले साउन २० गते पक्राउ पुर्जी जारी गरेको पुष्टि गरे पनि प्रहरीले अनुसन्धान प्रक्रिया गोप्य राखेको छ ।
  • गाउँपालिका अध्यक्ष यादवले आफूविरुद्ध राजनीतिक प्रतिशोध साधिएको दाबी गर्दै पक्राउ पुर्जीविरुद्ध उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा निषेधाज्ञा माग गर्दै रिट दायर गरेका छन् ।

२२ साउन, बुटवल । सरकारी लेटरप्याड दुरुपयोग र सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा उजुरी परेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालतबाट पक्राउ अनुमति लिए पनि प्रहरीले यादवका विषयमा अनुसन्धान भइरहेको भन्दै पक्राउ पुर्जी जारी भएकोे सार्वजनिक गरेको छैन ।

जिल्ला अदालत नवलपरासीका सूचना अधिकारी भेषराज खनालले यही साउन २० गते यादवको नाममा पक्राउ पूर्जी गएको तर त्यसको म्याद थप नआएकाले त्यसपछिको प्रक्रियाबारे  जानकारी नभएको बताए ।

तर, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले गाउँपालिका अध्यक्ष यादवविरुद्ध परेको उजुरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको बताए ।

गाउँपालिका अध्यक्ष यादवले आफूले जनताका लागि काम गरेको विषयमा राजनीतिक प्रतिशोध सांधेर उजुरी परेको, तर प्रहरीले आफूलाई सम्पर्क गरेर पक्राउ पुर्जी जारी भएको विषयमा जानकारी नगराएको दावी गरे ।

आफूविरुद्धको  पक्राउ पुर्जी जारी भएपछि यादवले  हिजो बिहीबार उच्च अदालत तुल्सीपुर बुटवल इजलाशमा पक्राउपुर्जी विरुद्ध निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?