News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता दिपक खड्काले निर्वाचन आयोगलाई हतियार बनाई पार्टी लुटेर लगेको गम्भीर आरोप लगाउनुभयो ।
- इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न नसक्ने जिकिर गर्नुभयो ।
- खड्काले निर्वाचित नेताहरूलाई टिकट नदिनु र नेतृत्व हत्याउनु अपराध भएको भन्दै यसलाई कहिल्यै क्षम्य नहुने बताउनुभयो ।
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिपक खड्काले निर्वाचन आयोगलाई हतियार बनाएर पार्टी लुटेर लगेको आरोप लगाएका छन् ।
शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । साथै, चोइटिएर गएको कांग्रेसले मुलुक थेग्न नसक्ने उनको भनाइ थियो ।
‘हिजो निर्वाचन आयोगलाई हतियारका रुपमा प्रयोग गरेर कांग्रेस लुटेर गएकै हो । यो अपराध हो । यो अपराध क्षम्य हुँदैन । अहिले सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरा पार्टी सभापतिले भनिसक्नुभएको छ,’ खड्काले भने ।
साथै, उनले सच्चा कांग्रेसले वर्षौंदेखि निर्वाचित नेताहरूलाई टिकट नदिने जस्तो दुस्साहस गर्न नसकिने जिकिर गरे ।
‘हामी सबैलाई थाहा छ, चोइटिएर गएर गएको कांग्रेसले मुलुक थेग्न सक्दैन । सच्चा कांग्रेस भएको भए सबै निर्वाचनमा सधैं निर्वाचित यत्रा नेतागणलाई टिकट नदिने दुस्साहस गर्न सकिँदैन थियो,’ उनले भने, ‘सच्चा कांग्रेस भएको भए, घरमा आगो लगाइदिए, रक्ताम्य बनाएर कुटेर नेतृत्वबाट सत्ता लुटेर लान पाइँदैन थियो । यो अपराध हो । के आज यो अपराध क्षम्य हुन्छ ? यो प्रश्नको उत्तर हिजोको उपस्थिति र आजको भेलाले गर्विलो झापडको रुपमा सावित भइसकेको छ ।’
प्रतिक्रिया 4