News Summary
Generated by OK AI. Editorially reviewed.- नेता मोहनबहादुर बस्नेतले कांग्रेस महामन्त्री गगनकुमार थापालाई ५५ वर्ष उमेर पुगेपछि राजनीतिबाट विश्राम लिने आफ्नो पुरानो प्रतिबद्धता पूरा गर्न चुनौती दिनुभएको छ।
- बस्नेतले थापा ५२ वर्ष पुगिसकेकाले अबको निर्वाचनपछि उमेर हदको मापदण्डअनुसार उनले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
- उनले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीका सबै तहमा बहुमत रहेकाले वर्तमान नेतृत्व नै प्रभावकारी रहेको दाबी गर्नुभएको छ।
२९ साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहका नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगन कुमार थापालाई आफूले बोलेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।
शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले सभापति थापाले यसअघि नै ५५ वर्षपछि राजनीति छाड्छु भनेको विषय स्मरण गराउँदै यस्तो चुनौती दिएका हुन्।
‘युवा युवा भनेर उहाँले भन्नुहुन्छ । उहाँ ५२ वर्ष नाघिसक्नुभएको छ, हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ । उहाँले ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको छ,’ बस्नेतले भने, ‘यदी सबैलाई स्मरण छ भने उहाँ ५२ वर्ष भइसक्नुभयो । यदी नियमित चुनाव भयो भने अबको आउने चुनावमा उहाँ ५५ वर्ष कटिसक्नुहुनेछ । कमसेकम तपाईंले बोलेको कुरा पूरा गर्नुहुन्छ भने, युवाहरूलाई मौका दिने हो भने केही वर्ष अघिसम्म हाम्रो औसत आयु ४९ वर्ष थियो । अहिले मात्रै ७० नाघेको छ । तपाईं ५५ वर्ष पुग्दै हुनुहुन्छ । तपाईं सार्वजनिक रुपमा कांग्रेस कसले डोर्याउन सक्छ, तपाईं जिम्मा लाउनुस् ।’
साथै, उनले कांग्रेस आजको दिनमा गगनको नेतृत्वमा नचलेको पनि टिप्पणी गरे ।
‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन । त्यसकारण आज पार्टी चलेको छैन । पार्टी बर्बाद भएको छ । कांग्रेस पार्टीको लामो कुरा नगरौं, शेरबहादुर देउवाजीको नेतृत्वमा वडा, पालिका, प्रदेश र संघमा बहुमत । राष्ट्रिय सभामा थिएन, त्यहाँ पनि उहाँहरूको बुद्धिमताले त्यहाँ पनि बहुमत पुर्याएको हो,’ उनको दाबी छ ।
प्रतिक्रिया 4