News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा एक साताको अवधिमा फोन र पोर्टल गरी जम्मा छ हजार छ सय आठ गुनासा दर्ता भएका छन् ।
- कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार पोर्टलबाट आएका गुनासामध्ये हालसम्म दुई हजार २१ वटा गुनासाको समाधान भइसकेको छ ।
- प्रधानमन्त्री कार्यालयले अबदेखि प्रत्येक शुक्रबार साताभरि सम्पादन भएका कामहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
२९ साउन, काठमाडौं । हेलो सरकारमा एक सातातमा ६ हजार बढी गुनासा आएका छन् । प्रधानमन्त्री कार्यालयले साताभरी गरेका कामको सार्वजनिक गर्न आयोजित कार्यक्रममा पोर्टल र फोनमार्फत गरी ६ हजार ६ सय ८ गुनासा आएको जानकारी गराएको हो ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार पोर्टल मार्फत ३ हजार मात्र ३ हजार ४९६ गुनासा आएका छन् । पोर्टलमार्फत सम्बन्धित निकायमा पठाइएको गुनासो २ हजार २२५ रहेको छ । पोर्टलमार्फत समाधान भएका गुनासो २ हजार २१ र पोर्टल मार्फत फछ्यौट भएको ९ सय ८१ गुनासा छन् ।
गुनासोको लागि ३ हजा ११० कल कार्यालयले उठाएको छ । फोनमार्फत व्यवस्थापन भएको गुनासो २ हजार १७७ रहेको र १० वटा गुनासा रद्द गरिएको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले अबदेखि प्रत्येक शुक्रबार साताभरी भएका काम सार्वजनिक गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया 4