+
+
Shares

एआईको सही प्रयोग गरौं : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
  • मन्त्री श्रेष्ठले संसारसँग आफूलाई अनुकूलन गराउने क्षमता बढाउनुपर्ने र १६ देखि २७ वर्ष उमेर समूहका युवाहरूको मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने बताएका छन्।
  • उनले युवाहरूको मानसिक स्वास्थ्य समस्या समाधान गर्न खुला संवाद र रचनात्मक गतिविधिमा संलग्न गराउनुपर्ने धारणा राखेका छन्।

३० साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्ररुपमा विस्तार भइरहेको एआइ र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूलन गराउने क्षमता बढाउनुपर्ने बताए ।

विशेष गरी १६ देखि २७ वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै उनले यसको समाधानका लागि खुला संवाद, रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?