News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८० औं स्वतन्त्रता दिवस भव्यताका साथ मनाएको छ ।
- राजदूत नवीन श्रीवास्तवले झण्डोत्तोलन गरी उद्घाटन गरेको कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधन प्रशारण गरिएको थियो ।
- दूतावासले दिवंगत भारतीय सुरक्षाकर्मीका परिवारलाई ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको राहत रकम हस्तान्तरण गर्दै २२ वटा शैक्षिक संस्थालाई पुस्तक अनुदान दिने घोषणा गरेको छ ।
३० साउन, काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ८० औं स्वतन्त्रता दिवस मनाएको छ ।
शनिबार भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय भण्डा झण्डोत्तोलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो पनि सो क्रममा प्रशारण गरिएको थियो ।
कार्यक्रममा राजदूतले भारतीय सशस्त्र बलका ११ जना दिवंगत सुरक्षाकर्मीका एकल (वीर नारी) तथा निकटतम आश्रितहरूलाई सम्मान गरिएको दूतावासले जनाएको छ ।
कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड’ (एजिआइएफ) को चेकसमेत मृतकका परिवारलाई हस्तान्तरण गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पनि समारोहमा पुरस्कृत पनि गरिएको थियो ।
यसैबीच, शैक्षिक सामग्रीमाथिको पहुँच बढाउने उद्देश्यका साथ दूतावासले नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणा समेत गरेको दूतावासले जनाएको छ ।
प्रतिक्रिया 4