+
+
Shares

कला–साहित्य क्षेत्रको संरक्षणमा प्रतिबद्ध छु : सभामुख अर्याल

‘साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन् । यस क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न म सधैँ तयार छु,’ उनले भने ।

रासस रासस
२०८३ साउन ३० गते २०:१६

३० साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा शनिबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन् ।

‘साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन् । यस क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न म सधैँ तयार छु,’ उनले भने ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कारण नेपाल विश्वमा परिचित रहेको उल्लेख गर्दै उनले देशका प्रतिभाको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रा भाषा, साहित्य नै हाम्रो पहिचान हो । हामीले हाम्रा संस्कृतिको संरक्षण गर्नुपर्छ ।’

सभामुख अर्यालले मुलुकका विभिन्न स्थानमा रहेका तथा अझै उजागर हुन नसकेका प्रतिभा र साहित्यकारको खोजी गरी उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्राडा. गोविन्द नेपालले गुठीले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिए । उनले नेपाली साहित्यको विकास र प्रवर्द्धनका लागि गुठी निरन्तर सक्रिय रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?