+
+
Shares

झापामा टिपरको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु

झापामा टिपरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते २१:२५

३० साउन, काठमाडौं । झापामा टिपरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको टिपरको ठक्कर मृत्यु भएको हो ।

शनिबार साँझ ५: २० बजेतिर झापा गाउँपालिका–४ वडा कार्यालय अगाडि ना.५ ख ६४९० नम्बरको टिपरले  साइकलयात्रा गरिरहेका गणेशलाई टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोड पठाइएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि टिपर चालक झापा गाउँपालिका–३ कामटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?