+
+
Shares

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

रासस रासस
२०८३ साउन ३१ गते ७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको भद्रपुरमा टिपरको ठक्करबाट साइकलयात्री ६५ वर्षीय इशनलाल गणेशको उपचारका क्रममा मृत्यु भएको छ ।
  • दुर्घटनापछि फरार रहेका टिपर चालक ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरेका छन् ।

३१ साउन, भद्रपुर (झापा) । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।

शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?