+
+
Shares

‘ऊनको स्वीटर’ को दोस्रो श्रृंखला ‘कलेजी ऊनको स्वीटर’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ सालको सफल फिल्म ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला ‘कलेजी ऊनको स्वीटर’ निर्माण हुने घोषणा गरिएको छ ।
  • नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने यस फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स विश्वकर्मा, परीक्षा लिम्बु र भारतीय अभिनेता पियूष मिश्राले अभिनय गर्नेछन् ।
  • दशैंपछि छायांकन सुरु हुने लक्ष्य राखिएको उक्त चलचित्र सन् २०२७ मा प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

काठमाडौैं । २०८२ सालको व्यवसायिक हिट फिल्म ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला बन्ने भएको छ । आयोजित इन्फा अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड समारोहमा दोस्रो श्रृंखला बन्ने जनाइएको हो ।

शीर्षक ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ । सन् २०२७ मा प्रदर्शन लक्ष्य राखिएको फिल्मको छायांकन दशैंपछि सुरु हुने जनाइएको छ ।

नवीन चौहानको पटकथा, निर्देशनमा बन्ने फिल्ममा शीर्ष कलाकार विपिन कार्की र मिरुना मगर दोहोरिने पक्का भएको छ । उनीहरूसहित एलेक्स विश्वकर्मा र परीक्षा लिम्बुको पनि अभिनय हुनेछ ।

भारतीय अभिनेता पियूष मिश्रा पनि फिल्ममा देखिने सो अवसरमा जनाइयो । ‘ऊनको स्वीटर’ले नेपालमा १० करोड ६२ लाख रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?