+
+
Shares

काठमाडौंमा दिउँसो ताला फुटाएर चोरी, सामातिए ४ जना

काठमाडौं महानगरपालिका–१६ टौडोलमा घरको ताला फुटाएर ठूलो मात्रामा गरगहना चोरी भएको छ । चोरीको आरोपमा चार जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १७:५८

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ टौडोलमा घरको ताला फुटाएर ठूलो मात्रामा गरगहना चोरी भएको छ । चोरीको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ का २५ वर्षीय सुमन थापा मगर, कन्चनपुरको कृष्णपुर नगरपालिका घरभ एका २३ वर्षीय दीपेश नेगी, गोरखाको धार्चे गाउँपालिका–५ का ५१ वर्षीय धनबहादुर सुनार र सोही ठाउँका ३५ वर्षीय सुकबहादुर गुरुङ छन् । उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ ।

यो समूहले २६ साउनमा टौडोलस्थित एक घरमा चोरी गरेको थियो । उनीहरुबाट नगद ७५ हजार, सुनका मुन्द्रा, झुम्का, औंठी, सुनका गहनाका टुक्राहरु, ल्यापटप, मोबाइल, घडी, युएस डलर, फलामे छिनो, रड, मूर्ति, क्याप टोपी, खुकुरी जस्ता सामानहरु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?