+
+
Shares

आज काठमाडौं उपत्यकाका १० स्थानबाट ९ हजार २२६ सिलिन्डर ग्यास वितरण

नेपाल आयल निगमले आइतबार राजधानीका १० ठाउँबाट नौ हजार २२६ सिलिन्डर ग्यास बिक्रि–वितरण भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते २१:३३

३१ साउन, काठमाडौं । नेपाल आयल निगमले आइतबार राजधानीका १० ठाउँबाट नौ हजार २२६ सिलिन्डर ग्यास बिक्रि–वितरण भएको जनाएको छ । आइतबार राति निगमले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी निगम परिसर टेकुबाट वितरण भएको छ ।

विवरणमा टेकुबाट दुई हजार २५० सिलिन्डर ग्यास बिक्री भएको उल्लेख छ ।

यस्तै पशु सेवा शाखा चपली बुढानीलकण्ठबाट ५७० सिलिन्डर, राधाश्वामी कीर्तिपुरबाट एक हजार ५० सिलिन्डर, नयाँ बजार जुडो हल परिसरबाट ७०० सिलिन्डर, तारकेश्वर नगरपालिका परिसरबाट ४८० सिलिन्डर, चन्द्रागिरी नगरपालिका कार्यालयबाट ८५० सिलिन्डर, राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट एक हजार ९०४ सिलिन्डर, पुरानो प्रशासन कार्यालय बबरमहलबाट ३५ सिलिन्डर बिक्री भएको आयल निगमको विवरणमा उल्लेख छ ।

यस्तै, नेपाल ग्यासको बालाजु बिक्री कक्षबाट १०० हजार सिलिन्डर र एसटीसी बिक्री कक्षबाट ३८७ सिलिन्डर बिक्री भएको निगमले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?