+
+
Shares

कोशीमा मन्त्री छान्दै नेकपा, आजै शपथको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १०:३१

१ भदौ, विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिपछि आज नेकपा प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको हो ।

९ मन्त्रालय रहेको प्रदेशमा नेकपाबाट ४ जना मन्त्री सहभागी हुनेछन् । मुख्यमन्त्रीसहित ५ मन्त्रालयको नेतृत्व एमालेले गर्नेछ

नेकपाभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्नका लागि नेकपाका नेताहरू छलफलमा छन् । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलले आजै सरकारमा पठाउने मन्त्री छान्नेछ ।

नेकपाले मन्त्री छानेपछि  आज दिउँसो ३ बजेपछि शपथ कार्यक्रमको तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?