+
+
Shares

काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने ताराबहादुर माझीले हाम फालेर आफ्नो ज्यान बचाएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार ब्रेक फेल भएर जिप २०० मिटर तल खसेको हुनसक्ने अनुमान गरिएको छ ।

१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिपमा सवार खानीखोला-४ का ताराबहादुर माझीले भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् ।

मृत्यु हुनेमा माझीका बुबा कलबबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबाहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको छ ।

उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?