+
+
Shares

संवैधानिक इजलास छनोटमा निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशलाई बारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बार एशोशियसनले संवैधानिक इजलास छनोटमा वरिष्ठता वा गोला प्रथाजस्ता निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ।
  • बारले प्रधानन्यायाधीशको तजबिजी अधिकारले न्याय निरुपणको विश्वसनीयतामा प्रश्न उठेको भन्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई बोधार्थ पठाएको छ।
  • बारले यो विषय फूल कोर्टमा छलफल गर्न, बार–बेञ्च समितिको बैठक तत्काल बसाउन र प्रशासनिक रूपमा मुद्दा संवैधानिक इजलासमा पठाउने अभ्यास रोक्न माग गरेको छ।

२ भदौ, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोशियसनले संवैधानिक इजलास छनोटमा निश्चित मापदण्ड अपनाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ ।

बारले एक विशेष पत्र पठाएर कि त वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न र त्यसो गर्न नसकेमा प्रधानन्यायाधीश बाहेकका ४ जना न्यायाधीश गोला प्रथाबाट छनोट गर्न ध्यानाकर्षण गराएको हो ।

बारले आफ्ना सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरूसँग सल्लाह गरेर संवैधानिक इजलास छनोटमा प्रधानन्यायाधीशको तजबिजी अधिकार देखिएको र त्यसले न्याय निरुपण गर्दा विषयवस्तुको विश्वसनीयतामा प्रश्न उठेको भन्दै एकरुपता र निश्चित मापदण्ड कायम गर्न भनेको हो ।

बारले उक्त पत्र सर्वोच्च अदालतका सबै न्यायाधीशलाई बोधार्थको रुपमा पठाएको छ ।

साथै, उसले यो विषय फूल कोर्टमा छलफल गर्न समेत माग गरेको छ । अनि कानुन व्यवसायी र न्यायाधीशहरू सम्मिलित हुन बार–बेञ्च समितिको बैठक लामो समयदेखि बस्न नसकेको भन्दै बारले आपत्ति पनि जनाएको छ ।

तत्काल सो समितिको बैठक राख्न र न्यायालयमा देखिएका समस्या समाधान गर्न पनि बारले ध्यानाकर्षण गराएको छ ।

अनि प्रशासनिक तवरबाट कतिपय मुद्दाहरू सिधै संवैधानिक इजलासमा पठाउने गरिएको भन्दै त्यसो नगर्न र निश्चित प्रक्रिया अपनाउन पनि माग बारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?