News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
- नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
- भट्टले मंगलबार सचिवालयलाई पत्राचार गर्दै बुधबार दिउँसो १ बजे बैठक बोलाइदिन भनेका छन् ।
२ भदौ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेता रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भनेका छन् ।
उनको पत्रअनुसार भोलि दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको बैठक बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।
उनकाअनुसार कार्य व्यवस्था परामर्श समिति बैठकले समेत बैठक बोलाउने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4