News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले मन्त्री र पार्टीका सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
- प्रतिनिधिसभामा सरकारका मन्त्री र रास्वपा सांसदबीच असमझदारी बढेपछि पार्टी संसदीय दलको कार्यालयमा समीक्षा बैठक जारी छ ।
- मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा असन्तुष्ट सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेपछि सभामुख डीपी अर्यालले संसदीय मर्यादाको सचेत गराएका थिए ।
३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री र पार्टीका सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदहरूबीच असमझदारी देखिन थालेपछि सभापति लामिछानेले आज उनीहरूसँग छलफल गरेका हुन् ।
पार्टी संसदीय दलको कार्यालयमा जारी बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक सांसदले जानकारी दिए ।
सांसदहरूले संसद्मा बोल्ने भाषा, सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृति बढेकोले रास्वपाभित्र असमझदारी बढेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए । सभामुख अर्यालले बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठक छाडेर बाहिरिएकी थिइन् ।

प्रतिक्रिया 4