+
+
Shares

समानुपातिक र समावेशी विकास सिद्धान्तलाई आत्मसात् गर्नेछु : मुख्यमन्त्री भट्ट

'सरकारको प्राथमिकता सुशासन र दिगो विकास'

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १३:४४

३ भदौ, काठमाडौं । सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सरकारको मूल प्राथमिकता सुशासन, दिगो विकास, उत्पादन, रोजगारी, जनताको बीचमा परिवर्तन गर्नेतर्फ लक्षित हुने बताएका छन् । विकास अब केही शहर र केही क्षेत्रमा मात्र केन्द्रित नहुने पनि उनले बताए ।

आज प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा उनले सो जानकारी दिएका हुन् ।

‘पहाड, हिमाल र तराईलाई समान अवसर र समान प्राथमिकतासँग जोडेर सन्तुलित, समानुपातिक र समावेशी विकास सिद्धान्तलाई आत्मसात् गर्नेछु,’ उनले भने, ‘कुनै भूगोल, वर्ग, समुदाय वा नागरिकहरुको विकासको अवसरबाट उहाँलाई पछाडि पार्ने छैन ।’

विकासलाई केवल सडक, भवन र भौतिक संरचनासँग मात्र सीमित नराख्ने उनले प्रतिबद्धता जनाए ।

‘गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, उद्यम र मानव विकासलाई विकासको मुख्य आधार बनाउने छौं,’ उनले भने, ‘भुइँ मान्छेहरुले सपना देख्न सक्ने, उनीहरुको जीवनलाई सम्बोधन गर्ने कुरा हाम्रो प्रस्थानविन्दु बनाएर अगाडि बढ्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?