+
+
Shares

रास्वपा संसदीय दल बैठकमा प्रश्न- सरकारका काम जनतामा पुर्‍याउन किन सकिएन ?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको बैठकमा सरकारको काम जनतामा पुर्‍याउन नसकिएको विषय उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १४:२४

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको बैठकमा सरकारको काम जनतामा पुर्‍याउन नसकिएको विषय उठेको छ । बुधबार बसेको संसदीय दलको बैठकमा मन्त्री र सांसदहरूले यो विषय उठाएका हुन् ।

रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरेका थिए ।

बैठकमा उठेका विषयहरूबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको कामको समीक्षा र त्यसको प्रचारको विषय उठेकोबारे जानकारी दिएका हुन् ।

‘ल्याब्सेस कहाँ छ ? ग्लिचेज कहाँ छ ? सरकारले काम गरिराखेको छ भन्ने कुरा आम जनतामा किन पुर्‍याउन सकिएन ? भन्ने विषयमा पनि छलफल भयो’, उनले भने ।

ग्यासकै कुरा पनि वैशाखमा जम्माजम्मी २२ लाख सिलिन्डर मात्र बजारमा पुगेको र गत साउन महिनामा भने ४० लाख सिलिण्डर बजारमा पुगेको उनले बताए ।

यति हुँदा पनि ग्यास अभाव भयो भन्ने कुरा भइराखेको भन्दै उनले यो कसरी भयो भनेर प्रश्न उठेको हो ।

ग्यास अभावलाई हटाउनको लागि के गर्नुपर्छ भन्ने विषयमा चर्चा भइराखेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?