+
+
Shares

प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न रविलाई एमालेको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्न सुझाए।
  • उनले अन्यथा २००७, २०४७ र २०६२ सालको भन्दा विशाल जनसुनामी आउने चेतावनी दिए।

३ भदौ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाएका छुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले यस्तो सुझाव दिएका हुन् ।

‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुर्नगठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ उनले भने । अन्यथा, आन्दोलन हुन सक्ने उनको चेतावनी छ ।

उनले भनेका छन्, ‘अन्तिम विकल्प बाँकी छ । अन्यथा, राष्ट्रियता, लोकतन्त्र तथा जनजिविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल, २०६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?