+
+
Shares

एमाले सांसदले ‘चिठ्ठामा रमाएको सरकार’ भनेपछि आशिकाको नियमापत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सांसद साजिदा खातुन सिद्धिकीले प्रतिनिधि सभामा सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गर्दै सय बुँदे कार्ययोजनाको समीक्षा गर्न माग गरिन्।
  • रास्वपा सांसद आशिका तामाङले उक्त अभिव्यक्तिमा नियमापत्ति जनाउँदै आफूहरू जनताबाट अनुमोदित भएर आएको बताइन्।
  • सांसद तामाङले सांसद सिद्धिकीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने माग पनि गरिन्।

३ भदौ, काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् । उनले सरकारले सुरुवाती सयमा दिनमा सम्पन्न गर्ने भनी ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने समेत बताएकी थिइन् ।

सार्वजनिक हितमा रहेर कार्यसम्पदान गर्नु सरकारको पहिलो कर्तव्य र दायित्व भएको टिप्पणी उनको थियो ।

‘राजनीति भनेको केवल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जितहार प्राप्त गर्नुमात्र पनि होइन । चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो । होइन र सरकार ? नागरिकको असल र सुखि जीवन सुनिश्चित गर्नु हो,’ सांसद सिद्धिकीको भनाइ थियो, ‘सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पनि हो । सरकारले ल्याएको सय दिनमा गर्ने भनेर ल्याएको एक सय बुँदाको समीक्षा गर्नुहोस् । कति पास भयो ? कति फेल भयो ? जिम्मेवारी सरकारको हो । चिठ्ठामा रमाउने सरकार अब त आँखा खोल । जनातको पीडा बुझ्ने चमेली बन ।’

लगत्तै सांसद रास्वपा सांसद तामाङले नियमापत्ति जनाइन् । उनले आफूहरू चिठ्ठामा परेको नभई जनताबाट अनुमोदित भएर आएको बताइन् ।

सदनमा चिठ्ठामा परेको र चाउचाउमा परेको भन्दै टिप्पणी गर्ने गरेको भन्दै प्रतिपक्षी सांसदहरूप्रति उनको आक्रोश थियो ।

सांसद तामाङले सांसद सिद्धिकीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने माग समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?