+
+
Shares

नेपाल रेडक्रस सोसाइटीले सोध्यो प्रदेश र जिल्ला समितिलाई स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रेडक्रस सोसाइटीले सदस्यता वितरण, नवीकरण र केन्द्रको निर्णय कार्यान्वयन नगरेको भन्दै सात प्रदेश र १५ जिल्ला समितिसँग स्पष्टीकरण मागेको छ।
  • केन्द्रीय महामन्त्री ऋषि खनालले पत्र लेखेर स्पष्टीकरण सोधेका हुन्।
  • स्पष्टीकरण सोधिएका जिल्ला समितिमा सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, संखुवासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रेपलाञ्चोक, तनहुँ र पर्सा छन्।

३ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश समिति र १५ जिल्ला समितिसँग स्पष्टीकरण मागेको छ । नेरेसोका केन्द्रीय महामन्त्री ऋषि खनालले पत्र लेखेर स्पष्टीकरण सोधेका हुन् ।

विधानमा भएको व्यवस्था अनुसार सदस्यता वितरण, नवीकरण, अनुगमन मुल्यांकन, केन्द्रको निर्णय कार्यान्वयन लगायतका कार्यहरु नगरेको भन्दै स्पष्टीकरण मागिएको हो ।

स्पष्टीकरण सोधिएका प्रदेश र जिल्ला समितिले रेडक्रसको आधारभूत सिद्धान्त उल्लंघन गरेको नेरेसोले जानकारी गराएको छ ।

सातै प्रदेश समिति सहित स्पष्टीकरण सोधिएका १५ जिल्ला समितिहरुमा सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, संखुवासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रेपलाञ्चोक, तनहुँ र पर्सा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?