News Summary
Generated by OK AI. Editorially reviewed.- बर्जर पेन्ट्सले चाडपर्व लक्षित ‘रङ्ग बहार’ ग्राहक योजना सार्वजनिक गर्दै यामाहा रे जेडआर १२५ र हाइब्रिड स्कुटरसहित ३६२ उपहार जित्ने अवसर घोषणा गरेको छ।
- अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम १ लाख रुपैयाँ बराबरका बर्जर पेन्ट्सका उत्पादन, कम्तीमा १२० लिटर, खरिद गर्नुपर्नेछ।
- कम्पनीले योग्यताका नियम तथा सर्तबारे जानकारीका लागि आधिकारिक माध्यम वा नजिकको अधिकृत डिलरसँग सम्पर्क गर्न आग्रह गरेको छ।
४ भदौ, काठमाडौं । पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले यस वर्ष पनि चाडपर्वलाई लक्षित गर्दै ‘रङ्ग बहार’ ग्राहक योजना अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ग्राहकले यामाहा रे जेडआर १२५ तथा हाइब्रिड स्कुटरसहित ३५० बढी आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
‘बर्जर रङ्ग बहार, उपहारै उपहार : लक्की ड्रको बम्परमा यामाहा रे जेडआर’ नाराका साथ ल्याइएको योजनामा पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकले घरलाई नयाँ, आकर्षक र जीवन्त रङले सजाउँदै विभिन्न उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।
अभियानको मुख्य आकर्षण यामाहा रे जेडआर १२५ र हाइब्रिड स्कुटर रहेको छ। यसका साथै ग्राहकले विभिन्न प्रकारका घरायसी उपकरणसमेत जित्न सक्ने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत रहेका उपहारमा ६५ इन्चका ४ वटा स्मार्ट टीभी, २५३ लिटरका २ वटा रेफ्रिजेरेटर, ८ केजीका ३ वटा वासिङ मेसिन र ५ वटा माइक्रोवेभ ओभन पनि रहेका छन् । त्यस्तै, २–इन–१ कुकटप, एयर फ्रायर, ब्लेन्डर, स्ट्यान्ड फ्यान, स्टिमर, हेयर ड्रायर र टोस्टरसहित कुल ३६२ वटा आकर्षक उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ।
अभियानमा सहभागी हुन ग्राहकले भ्याटसहित न्यूनतम १ लाख रुपैयाँ बराबरको बर्जर पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ। जसमा विभिन्न प्रिमियम उत्पादनहरू (वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो, वेदरकोट अल गार्ड, सिल्क ग्लामर ग्लो, सिल्क लक्जरी ग्लो, रूफ कूल एन्ड सिल, ड्याम्प सिल्ड इलास्टो तथा सिल एन्ड ओ प्राइमलगायत) न्यूनतम १२० लिटरको खरिद अनिवार्य गरिएको छ
बर्जर पेन्ट्सले गुणस्तरीय पेन्टिङ समाधान प्रदान गर्दै ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ। कम्पनीका अनुसार ‘रङ्ग बहार’ अभियानमार्फत ग्राहकको घरलाई नयाँ रङ्गरूप प्रदान गर्ने अनुभवमा थप उत्साह, खुसी र उमङ्ग जोड्ने लक्ष्य राखिएको छ।
‘अभियानमा सहभागी हुने सम्बन्धी योग्यता, नियम तथा सर्तबारे थप जानकारीका लागि ग्राहकले बर्जर पेन्ट्सका आधिकारिक माध्यम वा नजिकैको अधिकृत बजर पेन्ट्स डिलरसँग सम्पर्क गर्न सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया 4