६ भदौ, जनकपुरधाम । जनकपुरमा पहिलो दिन सातवटा सार्वजनिक पोखरी अतिक्रमणमुक्त गरिएको छ । शनिबार गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउको अतिक्रमण डोजर प्रयोग गरेर खाली गराइको हो ।
सो क्रममा अतिक्रमण गरेर बनाइएका ६५ वटा घरटहरा भत्काइएको गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताए ।
साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिएको थियो । अतिक्रमण खाली गराउन डोजरको साथै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

पोखरेलका अनुसार अब अर्को चरणमा अतिक्रमणमुक्त गरिने पोखरीको रेखांकन गरिने त्यसपछि योजना बनाएर खाली गराइने छ ।
पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराइने समितिको लक्ष्य छ ।
पहिलो चरणमा पोखरी, मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमणमुक्त गराउने कार्ययोजनासहित वर्गीकरण गरिएको छ ।
अतिक्रमणमुक्त गर्दा २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।
प्रतिक्रिया 4