+

लगातार तीन आईपीएल जितेका भारतीय क्रिकेटर कर्ण शर्माले गरे सन्यास घोषणा

२०८३ भदौ  ७ गते १२:५३ २०८३ भदौ ७ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका लेग स्पिनर कर्ण शर्माले ३८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय तथा भारतीय घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
  • उनले भारतका लागि एक टेस्ट, दुई एकदिवसीय र एक टी–२० अन्तर्राष्ट्रिय खेलेर घरेलु क्रिकेटमा ९७ प्रथम श्रेणी खेलमा २७० विकेट र २,८६६ रन बनाएका थिए ।
  • कर्णले आईपीएलमा ९० खेलमा ८७ विकेट लिएर सनराइजर्स हैदराबाद, मुम्बई इन्डियन्स र चेन्नचेई सुपर किंग्सबाट लगातार तीन वर्ष उपाधि जितेका थिए ।
  • सन्यासपछि आफू प्रशिक्षक तथा क्रिकेटसँग सम्बन्धित अन्य भूमिकामा उपलब्ध रहने कर्णले बताएका छन् ।

७ भदौ, काठमाडौं । भारतका लेग स्पिनर कर्ण शर्माले अन्तर्राष्ट्रिय तथा भारतीय घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय शर्माले शनिबार उत्तर प्रदेश टी–२० लिगको खेलपछि आफ्नो खेल जीवन समाप्त गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

कर्णले भारतका लागि एक टेस्ट, दुई एकदिवसीय र एक टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । सन् २०१४ मा इंग्ल्यान्ड भ्रमणमा टी–२० डेब्यु गर्दै उनले जो रुटको विकेट लिएका थिए भने त्यही वर्ष एडिलेड टेस्टमा अष्ट्रेलियाविरुद्ध दुवै इनिङ्समा दुई–दुई विकेट लिएका थिए ।

घरेलु क्रिकेटमा भने उनले ९७ प्रथम श्रेणी खेलमा २७० विकेट र २,८६६ रन बनाएका छन् । लिस्ट ‘ए’ मा १५३ तथा टी–२० क्रिकेटमा १६८ विकेट लिएका कर्णले आईपीएलमा ९० खेल खेल्दै ८७ विकेट आफ्नो नाममा लेखाएका छन् ।

सन् २०१८ मा उनी लगातार तीन फरक टोलीबाट आईपीएल उपाधि जित्ने पहिलो खेलाडी बनेका थिए । उनले सनराइजर्स हैदराबाद (२०१६), मुम्बई इन्डियन्स (२०१७) र चेन्नई सुपर किंग्स (२०१८) बाट लगातार तीन वर्ष च्याम्पियन बन्ने दुर्लभ कीर्तिमान बनाएका हुन् ।

सन् २०१४ को आईपीएल अक्सनमा सनराइजर्सले उनलाई ३.७५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो, जुन त्यतिबेला अनक्याप्ड भारतीय खेलाडीका लागि सर्वाधिक बोली थियो ।

संन्यासपछि आफू प्रशिक्षक तथा क्रिकेटसँग सम्बन्धित अन्य भूमिकामा उपलब्ध रहने कर्णले बताएका छन् ।

कर्ण शर्मा सन्यास घोषणा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय