+
+
Shares

फास्ट ट्रयाकमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई/मधेश द्रुतमार्गमा लोडरको पछाडिको चक्काले ठक्कर दिँदा चिनियाँ नागरिक ५१ वर्षीय गुओ फाङशुनको मृत्यु भएको छ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चाइना रेलवे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडका सुपरभाइजर गुओलाई कञ्चनपुरका ४८ वर्षीय गौरसिंह साउदले चलाएको लोडरले ठक्कर दिएको थियो।
  • प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।

७ भदौ, हेटौंडा । मकवानपुरमा निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) मा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित द्रुतमार्गमा आइतबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चाइना रेलवे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको तर्फबाट सुपरभाइजरका रूपमा कार्यरत चिनियाँ नागरिक ५१ वर्षीय गुओ फाङशुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक माधव काफ्लेकाअनुसार काम गर्ने क्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भएका ४८ वर्षीय गौरसिंह साउदले चलाएको लोडरको पछाडिको चक्काले गुओलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो ।

गुओ सन् २०२६ फेब्रुअरी १५ देखि उक्त कम्पनीमा सुपरभाइजरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले घटनास्थलको मुचुल्कालगायतका प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?