News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिगको ट्रफी ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रमा सार्वजनिक गरेका हुन्।
- ट्रफीलाई काठमाडौंको वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार स्क्वायरमा पनि प्रदर्शन गरिएको हो।
- केडिया ग्रुपको आयोजनामा एनभीएल भदौ १९ देखि २७ गतेसम्म हुँदैछ, र छ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
७ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक गरिएको छ ।
ललितपुरको पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका हुन् ।
उक्त ट्रफीलाई काठमाडौंको वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार स्क्वायरमा पनि प्रदर्शन गरिएको हो ।
केडिया ग्रुपको आयोजनामा पहिलो संस्करणको एनभीएल भदौ १९ देखि २७ गतेसम्म हुँदैछ ।
एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछन् ।
तस्वीरहरू






प्रतिक्रिया 4