+
+
Shares

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का बालक पक्राउ

गरिमा हत्याकाण्डमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जितपुरसिमरा उपमहानगरपालिका १ की गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न आरोपमा १४ वर्षीय प्रदीप खड्का पक्राउ परेका छन्।
  • सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार खड्का आइतबार साँझ पक्राउ परेका हुन् र उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
  • गरिमा हत्याकाण्डमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ, र अन्य पक्राउ परेकाको नाम गोप्य राखिएको छ।

८ भदौ, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ परेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने कक्षा ९ मा अध्ययनरत १४ बर्षीय बालक प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ।

शुरुमा पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको संलग्नता बारे बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ। गरिमाका परिवारले दिएको पुरक जाहेरीपछि शनिबार प्रहरीले थप ५ जनालाई पक्राउ गरेको थियो ।

गरिमाको शव भेटिएपछि प्रहरीले शुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले थप व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका अन्यको नाम भने गोप्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?