+
+
Shares

प्रतिनिधिसभाको भदौ महिनाभरको कार्यसूची स्वीकृत

बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १६:०५

८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको भदौ महिनाभरको कार्यसूची स्वीकृत भएको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा सोमबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल भएको थियो ।

यही बैठकले प्रतिनिधि सभाको आगामी बैठकका लागि भदौ १५, १६, १७, २२, २३ र २४ गते को कार्यसूची तथा बैठक सञ्चालनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको हो ।

त्यसैगरी, बैठकमा संसद् बैठकलाई नियमित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने, महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने तथा संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?