News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यवसायी र उद्यमीलाई लक्षित गर्दै साना तथा मझौला कर्जाको नयाँ योजना सार्वजनिक गरेको छ।
- बैंकले एनआईएमबी एसएमई कर्जामा वार्षिक ५.७५ प्रतिशत ब्याजदर एक वर्षसम्म स्थिर रहने जनाएको छ।
- यो कर्जाबाट व्यवसाय विस्तार, चालु पूँजी व्यवस्थापन र नयाँ लगानीका लागि सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।
८ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशतको अति आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । यो ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ ।
‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।
‘यस योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालु पूँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकता अनुसार कर्जा प्राप्त गर्न सक्नेछन्’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।
एनआईएमबीले देशभर रहेका २५१ शाखा मार्फत एसएमई कर्जा सम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4