+
+
Shares

प्रशासनिक ढिलासुस्तीले नागरिकले सास्ती खेप्नुपरेको थियो : रामेश्वर खनाल

पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासनको ढिलासुस्ती र ‘भोलि आउनुस्’ भन्ने प्रवृत्तिका कारण आम नागरिकले ठूलो सास्ती खेप्नुपरेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १८:३०

८ भदौ, काठमाडौं । पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासनको ढिलासुस्ती र ‘भोलि आउनुस्’ भन्ने प्रवृत्तिका कारण आम नागरिकले ठूलो सास्ती खेप्नुपरेको बताएका छन्।

सोमबार काठमाडौंमा नेपाल प्रशासन सङ्घद्वारा आयोजित कार्यक्रममा ‘हेमबहादुर मल्ल सम्मान’ ग्रहण गर्दै उनले सार्वजनिक प्रशासन भनेको कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताए ।

राज्यको कमजोर प्रशासन र स्वदेशमै अवसरको अभावका कारण देशका लाखौँ युवा श्रम बेच्न खाडी मुलुक र मलेसिया जान बाध्य भएको उनको भनाइ थियो।

प्रशासनिक कमजोरीतर्फ औंल्याउँदै उनले भने, ‘दुर्गमका बालबालिका शिक्षाबाट वञ्चित हुनु र युवाहरू परदेशिनुमा हाम्रो प्रशासनिक प्रणालीको पनि कमजोरी छ । जबसम्म गाउँका बालबालिका अवसरबाट वञ्चित हुन्छन् र युवाहरू जीविकोपार्जनका लागि विदेशिन बाध्य हुन्छन्, तबसम्म हामीले आफ्नो जिम्मेवारी पूरा भएको मान्न मिल्दैन ।’

व्यक्तिको भविष्य उसको जन्मस्थान वा सामाजिक परिवेशले नभई अवसरको समान पहुँचले निर्धारण गर्नुपर्नेमा खनालले जोड दिए। सार्वजनिक प्रशासनको मुख्य दायित्व नै संयोगलाई प्रणालीमा रूपान्तरण गर्नु रहेको उनले औंल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?