+

थन्डरबोल्ट्स पौडीमा जेम्सका कल्किन उत्कृष्ट

२०८३ भदौ  ८ गते १९:५६ २०८३ भदौ ८ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेम्स स्कुल धापाखेलको आयोजनामा भएको दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता ८१ विद्यालयका ३४५ खेलाडीको सहभागितामा सम्पन्न भएको छ।
  • प्रतियोगितामा १० उमेर समूहअन्तर्गत ७९ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो।
  • यू–१८ पुरुषतर्फ जेम्स स्कुलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिस स्कुलकी रोयल प्रजापति उत्कृष्ट खेलाडी घोषित भए।

८ भदौ, काठमाडौं । जेम्स स्कुल धापाखेलको आयोजनामा भएको दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८१ विद्यालयका ३४५ खेलाडी सहभागी हुँदै १० उमेर समूहअन्तर्गत ७९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।

यू–१८ पुरुषतर्फ जेम्स स्कुलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिस स्कुलकी रोयल प्रजापति उत्कृष्ट खेलाडी घोषित भए । यू–१४ पुरुषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरीज सेकेन्डरी स्कुलकी देभान्सी जोशी उत्कृष्ट बने ।

यू–१२ पुरुषतर्फ निसर्ग वाटिका स्कुलका साहश शाक्य र महिलातर्फ प्राइम इन्टरनेशनल आईबी स्कुलकी इभाना श्रेष्ठ उत्कृष्ट घोषित भए। यू–१० मा जेम्सका चिराग महर्जन र युरो स्कुलकी बेट्टी श्रेष्ठ उत्कृष्ट खेलाडी बने ।

यस्तै, यू–८ ब्वाइजतर्फ बृहस्पति विद्या सदनका केवत सिंह र कौतिक शर्मा संयुक्त उत्कृष्ट घोषित हुँदा गर्ल्सतर्फ युनिग्लोब सेकेन्डरी स्कुलकी भीदी गोयल उत्कृष्ट खेलाडी बनिन् ।

थन्डरबोल्ट्स कप पौडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय