+
+
Shares

घरभित्रै जलेर महिलाको मृत्यु

सिरहाको मिर्चैया नगरपालिका-५ को पुरानो बजारस्थित घरमा आगलागी हुँदा एक महिला मृत्यु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको मिर्चैया नगरपालिका-५ पुरानो बजारस्थित घरमा आगलागी हुँदा करिब ३० वर्षीया विभा पूर्वेको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • मंगलबार बिहान ११:३५ बजे रञ्जितकुमार महतोको दुईतले पक्की घरमा आगलागी भएको थियो, र स्थानीयले ११:४० बजे प्रहरीलाई खबर गरेका थिए।
  • प्रहरीले घरभित्रै शव फेला पारेको छ र आगलागीको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

९ भदौ, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-५ को पुरानो बजारस्थित घरमा आगलागी हुँदा एक महिला मृत्यु भएको छ। मृत्यु हुनेमा रञ्जितकुमार महतोकी श्रीमती करिब ३० वर्षीया विभा पूर्वे रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ११:३५ बजे महतोको दुई तल्ले पक्की घरमा आगलागी भएको थियो। आगलागीबारे स्थानीयले प्रहरीलाई ११:४० बजे खबर गरेका थिए।

तत्कालै प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेको कमान्डमा टोली खटिएको थियो। प्रहरीले घरभित्रै उनको शव फेला पारेको हो। आगलागीबाट उनको शरीरको अधिकांश जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

आगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक बासुदेव पाठकको कमाण्डको टोली, मिर्चैया सरकारी अस्पतालका चिकित्सक तथा विद्युत् प्राविधिसहितको टोली घटनास्थल पुगेको थियो।

शव पोस्टमार्टमका लागि धरान पठाउने त्यारी गरिरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?