+
+
Shares

एमाले कार्यदलको प्रतिवेदन : यथास्थितिमा सदस्यता नवीकरण नगर्ने सोच सदस्यमा देखियो

नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलले पार्टी सदस्यता नवीकरणको स्थिति निराशाजनक रहेको निष्कर्ष निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलले पार्टी सदस्यता नवीकरणको स्थिति निराशाजनक रहेको निष्कर्ष निकालेको छ।
  • महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा चुनावी पराजयपछि नेता तथा कार्यकर्तामा चरम निराशा रहेको उल्लेख छ।
  • प्रतिवेदनमा आम निर्वाचनपछि शुरू भएको सदस्यता नवीकरण अत्यन्तै सुस्त र कमजोर रहेको तथा कतिपयले यथास्थितिमा नवीकरण नगर्ने सोच बनाएको भनिएको छ।

९ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलले पार्टी सदस्यता नवीकरणको स्थिति निराशाजनक रहेको निष्कर्ष निकालेको छ ।

महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा चुनावी पराजय पछि नेता तथा कार्यकर्तामा चरम निराशा रहेको उल्लेख छ । ‘भदौ २३ र २४ को घटनाले रक्षात्मक बनेको पार्टीपंक्ति निर्वाचनमा भएको गम्भीर पराजयबाट चरम निराश बनेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

पार्टी सदस्यहरुको निष्क्रियता बढेको, पलायनको प्रवृत्ति देखिएको र यथास्थितिबाट बाहिर निक्लन नयाँ ढंगले बढ्न सुझाव दिने प्रवृत्ति रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘यथास्थितिबाट बाहिर निक्लन पार्टीले नयाँ ढंगले अघि बढोस् भन्ने तीव्र चाहना राखिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

चुनावी पराजयपछि सदस्यता नवीकरणमा उदासिनता, पार्टी काममा शिथिलता, प्रतिरोधी क्षमतामा ह्रास र दोहोरो चरित्र देखाउने समस्या देखिएको पोखरेलले प्रतिवेदनमा लेखेका छन् ।

सदस्यहरुले यथास्थितिमा सदस्यता नवीकरण गर्न नमानेको तर्क पनि राखिएको छ । ‘आम निर्वाचन पछि शुरु भएको पार्टी सदस्यता नवीकरणको काम अत्यन्तै सुस्त र कमजोर छ । कतिपय सम्पर्कमै आउन नचाहने र कतिपयले यथास्थितिमा नवीकरण नगर्ने सोच बनाएको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?