News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढी प्रभावित क्षेत्रबाट दिउँसो ३:५५ बजेसम्म ८८ जनाको हेलिकप्टरमार्फत उद्धार भएको सैनिक मुख्यालयले जनाएको छ।
- उद्धार कार्य जारी रहेकाले उद्धार गरिएकाको संख्या अझ बढ्ने बताइएको छ।
- उद्धारका लागि सबै सुरक्षा निकाय परिचालन भएका छन् र सेना तथा निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग भएका छन्।
१० भदौ, काठमाडौं । रसुवा बाढीमा प्रभावित भएका ८८ जनाको हवाई साधनमार्फत उद्धार भएको छ ।
बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । यो दिउँसो ३ः५५ बजेसम्मको तथ्यांक हो । उद्धारको काम जारी रहेकाले यो संख्या बढ्दै जाने बताइएको छ ।
उद्धारका लागि सबै सुरक्षा निकाय परिचालन भएका छन् । भने सेना तथा निजी कम्पनीको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4