+
+
Shares

गोरखामा आठ शव फेला

भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ ।

रासस रासस
२०८३ भदौ १० गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको बाढीपछि गोरखाको त्रिशूली नदी किनारमा आठ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
  • बाढीले गोरखा र धादिङ जोड्ने दुई झोलुङ्गे पुल बगाएको छ भने सहिदलखन–कुरिनटार जोड्ने एक पुल पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
  • गण्डकी गाउँपालिका–१ बुटारस्थित निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनामा बाढी पसेपछि मजदुर र उपकरण सुरक्षित ठाउँमा सारिएको छ।

१० भदौ, गोरखा । भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शव फेला पारेको हो ।

गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित नदी किनारमा एक पुरुषको शव फेला परेको छ । यस्तै, गण्डकी–६ भुम्लिचोकस्थित त्रिशूली नदी किनारमा एउटा, गण्डकी–१ बुट्टारस्थित नदी किनारमा एउटा तथा गण्डकी–४ फेवाटारमा एक पुरुषको शव फेला परेको छ ।

यसैगरी गण्डकी–७ ज्यामिरेघाटमा एक पुरुषको शव र सहिदलखन गाउँपालिका–३ सिलिङटारस्थित नदी किनारमा तीन पुरुषको शव फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए।

यसैगरी गण्डकी गाउँपालिका–१ बुटारस्थित निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाभित्र पनि बाढी पसेको छ । त्यहाँ रहेका मजदुर र उपकरणलाई सुरक्षित ठाउँमा सारिएको सो आयोजनाका निरञ्जन रेग्मीले जानकारी दिए।

भोटेकोशीमा गएको बाढीका कारण पृथ्वीराजमार्गसँग गोरखा जोड्ने दुई झोलुङ्गे पुल बगाएको छ । यस्तै, एउटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको सूचना अधिकारी श्रेष्ठले श्रेष्ठले बताए। जिल्लाको गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो ।

त्यस्तै वडा नं ७ इटार र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल समेत बगाएको सूचना अधिकारी श्रेष्ठले बताए। बाढीले सहिदलखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पूर्णरुपमा क्षति गरेको छ ।

गण्डकी गाउँपालिका–७ स्थित धवादीघाटको पुलसँगै हिक्लुङघाट र पृथ्वी राजमार्गको फिस्लिङ पुल क्षतिग्रस्त बनाएको छ । यस्तै बेनीघाट सिउरेनटार जोड्ने मोटरेबल पुलमा पनि आंशिक क्षति पुगेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?