News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल लिगले भदौ १९ गतेको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।
- एनभीएलले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि खेलकुदमार्फत सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
- लिगका टिकट खल्ती बाई आईएमईमार्फत अनलाइन र त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलबाट खरिद गर्न सकिनेछ।
१५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) ले भोटेकोशी बाढीपीडितको सहयोगका लागि लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।
एनभीएलले भदौ १९ गते हुने पहिलो दिनका खेलको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढीपीडितको उद्धार तथा राहतका लागि कोषमा उपलब्ध गराउने घोषणा गरेको हो ।
एनभीएलका टिकटहरू खल्ती बाई आईएमईमार्फत अनलाइन तथा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलबाट खरिद गर्न सकिनेछ । खल्ती बाई आईएमईमार्फत भदौ १४ गतेदेखि टिकट बुकिङ खुला गरिएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि एनभीएलले खेलकुदमार्फत प्रभावित परिवारको सहयोगमा योगदान गर्ने निर्णय गरेको जनाएको छ ।
नेपाल भलिबल लिगको खेलतालिका पनि सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया 4