News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको ११ लाख ३ हजार २७० रुपैयाँ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ ।
- निर्मात्री तथा निर्देशक नीता ढुंगानाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेकी हुन् ।
- फिल्मले शुक्रबार २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो र आइतबारसम्म १ करोड रुपैयाँभन्दा धेरै कमाइ गरेको छ ।
काठमाडौं । फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए ।
निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री तथा निर्देशक नीता ढुंगानाले अर्थमन्त्री वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
फिल्मले शुक्रबार देशब्यापी २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो । सो अवसरमा निर्मात्री ढुंगानाले फिल्मको देश तथा विदेश प्रदर्शनबाट प्राप्त हुने लाइफटाइम कलेक्सन (ओपनिङ डे बाहेक) बाट निर्माताको भागमा आउने हिस्साको ५ प्रतिशत रकम प्रधानमन्त्री कोषमा जम्मा गर्ने घोषणा गरेको वितरक श्रेष्ठले जनाए ।
उनका अनुसार यो फिल्मले आइतबारसम्म देशब्यापी १ करोड रुपैयाँभन्दा धेरै कमाइ गरेको छ ।
प्रतिक्रिया 4