+
+
Shares

बाढीले ३ जिल्लाका ६ हजार बढी निजी घर बगे, १२ अर्बको क्षति

भोटेकोशी तथा त्रिशूली नदीमा आएको १० भदौको विनासकारी बाढीले ६ हजार हाराहारी निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी र त्रिशूली नदीको १० भदौको बाढीले करिब ६ हजार निजी घर बगेको शहरी विकास तथा भवन निर्माण विभागले अनुमान गरेको छ।
  • विभागका अनुसार निजी आवासतर्फ करिब १२ अर्ब रुपैयाँ क्षति भएको र ४५ सरकारी तथा सार्वजनिक भवनमा पनि क्षति पुगेको अनुमान छ।
  • ६ हजार घरका लागि अस्थायी आवास बनाउन कम्तीमा ९० करोड रुपैयाँ तत्काल आवश्यक पर्ने विभागले जनाएको छ।

१६ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको १० भदौको विनासकारी बाढीले ६ हजारभन्दा धेरै निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले सो अनुमान गरेको हो । आज पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले पत्रकारसँगको छलफलमा दिएको जानकारी अनुसार निजी आवासतर्फ १२ अर्ब हाराहारी क्षतिको अनुमान गरिएको छ ।

बाढीका कारण ४५ सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि यो अझै अध्ययनकै क्रममा रहेका कारण संख्या तलमाथि हुन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार ६ हजारभन्दा धेरै घरका लागि त्यति नै अस्थायी आवास निर्माण गर्ने हो भने कम्तिमा ९० करोड हाराहारी रकम तत्काल आवश्यक पर्ने अनुमान गरिएको विभागले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?