+

एभरेस्ट महिला भलिबल लिग स्थगित

२०८३ भदौ  १६ गते १७:५८ २०८३ भदौ १६ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा आएको बाढीका कारण तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित भएको छ।
  • इन्फिनिटी ड्रिम्स प्रालिले सामाजिक सञ्जालमार्फत पीडित परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
  • यसअघि लिग १५ देखि २४ असोजसम्म दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने तय भएको थियो।

१६ भदौ, काठमाडौं । तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ ।

इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो ।

बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न परिस्थितिका कारण स्थगित गर्ने निर्णय भएको जारी प्रेस विज्ञप्तिमा लेखिएको छ ।

एभरेस्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय