+
+
Shares

आज दुई संसदीय समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुने भएको छ।
  • विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल हुने भएको छ।

१७ भदौ, काठमाडौं । संघीय संसद् मातहतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ छ ।

संसद्‍ सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

बुधबार बिहान साढे ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यसूची छ।

यस्तै, दिउँसो सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?