+
+
Shares

महाकालीमा पानीको बहाबले नाघ्यो खतराको तह

शारदा ब्यारेजमा चारपांग्रे सवारी चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाकाली नदीमा बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमन रोकिएको छ।
  • बुधबार बिहान महाकालीको बहाब दुई लाख ५५ हजार २८४ क्युसेक रहेकाले खतराको तहमुनि नझर्दासम्म रोक कायमै रहेको प्रहरीले जनाएको छ।
  • प्रहरीका अनुसार पहाडी क्षेत्रमा वर्षा नभएमा दिउँसोसम्म शारदा ब्यारेज पूर्ण रूपमा खुल्नसक्ने सम्भावना छ।

१७ भदौ, धनगढी । महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ ।

प्रहरीका अनुसार शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।

मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहे पनि खतराको तहमुनि नझरेका कारण बुधबार पनि सवारीसाधनको आवागमनमा रोक कायमै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले बुधबार बिहान महाकालीमा पानीको सतह घटेर दुई लाख ५५ हजार २८४ क्युसेक पुगेका जानकारी दिए ।

उनकाअनुसार महाकालीमा पानीको सतहले एक लाख क्युसेक पार गरेपछि कञ्चनपुरलाई भारतको वनबासासँग जोड्ने शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन रोक लगाउने गरिएको छ ।

बहाब घट्दो क्रममा रहेकाले पहाडी क्षेत्रमा वर्षा नभएमा दिउँसोसम्म ब्यारेज पूर्ण रूपमा खुल्नसक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?