+
+
Shares

नागढुंगा-नौबिसे सडक खण्ड भासियो

अर्यालले भने, ‘सडकको वाल धेरै पुरानो थियो । पुरानै भएका कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्छ । तर के कारणले सडक भासिएको भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागढुंगा–नौबिसे सडकखण्डको पातले वनमा सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।
  • सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्रै उक्त रुटमा चल्न दिइएको छ ।
  • अन्य गाडीलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ भने प्राविधिक टोली घटनास्थल पुगेको छ ।

१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।

नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ ।

सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको उनले बताए ।

यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए  ।

अर्यालले भने, ‘सडकको वाल धेरै पुरानो थियो । पुरानै भएका कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्छ । तर के कारणले सडक भासिएको भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ ।’

सडक विभागबाट अहिले प्राविधिक टोलो सडक भासिएको ठाउँमा गइसकेको अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?