+
+
Shares

बिहारमा मृत भेटिएका बालकको हत्या भएको खुलासा

हत्या आरोपमा १७ वर्षीय एक किशोरलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता मिन घलेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बारा बिश्रामपुर गाउँपालिका–३ का ११ वर्षीय राजेशकुमार साहको भारतको बिहार सिंहदा नदी किनारमा मृत भेटिएको घटनामा हत्या भएको खुलेको छ।
  • प्रहरीका अनुसार उनलाई ९ भदौमा अपहरण गरेर बिहार लगेर हत्या गरिएको थियो।
  • हत्या आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन् र बारा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान शुरू गरिएको छ।

१७ भदौ, काठमाडौं । भारत बिहारको सिंहा नदीमा मृत भेटिएका बाराको बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालक राजेशकुमार साहको हत्या भएको खुलासा भएको छ ।

९ भदौको बिहान ९ बजेतिर हराएको भन्दै परिवारले प्रहरी चौकी मुसहर्वामा निवेदन दिएका थिए । खोजीको क्रममा ती बालकको २ दिनपछि ११ भदौमा भारतको बिहार मोतिहारी जिल्ला नुनियाडी पञ्चायत–१ सिंहदा नदीको किनारमा मृत भेटिएका थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा ती बालकको हत्या गरिएको खुलेको हो । सीसीटीभी फुटेज र भारतीय प्रहरी समेतको समन्वयमा भएको अनुसन्धानको क्रममा ती बालकलाई बिश्रामपुरबाट अपहरण गरी बिहार लगेर हत्या गरिएको खुलेको हो ।

थाहा नपाउन् भन्ने हिसाबले ती बालकको सीमापार गरेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

हत्या आरोपमा १७ वर्षीय एक किशोरलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता मिन घलेले बताए ।

पक्राउ परेका किशोरविरुद्ध अपहरण र कर्तव्य ज्यानको कसुरमा बारा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?