+
+
Shares

बाढीपीडितका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
  • रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरी) न्यौपानेले उक्त रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
  • कम्पनीका अनुसार रिद्धिसिद्धिको ५१ लाख र शौर्य सिमेन्टको ५० लाख गरी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको छ।

१७ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना एवम् पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरी) न्यौपानेले अर्थमन्त्रीलाई उक्त रकम हस्तान्तरण गरे ।

भोटेकोशी बाढीले पुर्‍याएको अपुरणीय क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै रिद्धिसिद्धि सिमेन्टको तर्फबाट ५१ लाख र शौर्य सिमेन्टको तर्फबाट ५० लाख गरि १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा दाखिला गरिएको कम्पनीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?