+
+
Shares

ट्रेड युनियन कांग्रेसले भन्योः जलवायु परिवर्तन भएको विपत्तिमा क्षतिपूर्ति माग्नुपर्छ

नेपाल ट्रेड युनियन कांग्रेसले जलवायु परिवर्तनका कारणले नेपालले असमान विपत्ति सामना गरिरहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १४:०६

१७ भदौ, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले जलवायु परिवर्तनका कारणले नेपालले असमान विपत्ति सामना गरिरहेको जनाएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमनदी तथा हिमाली भू–भागको अस्थिरताबाट सिर्जित जोखिमलाई पुनःउजागर गरेको ट्रेड युनियन कांग्रेसको निचोड छ ।

‘नेपालले अन्तर्राष्ट्रिय जलवायु मञ्चमा जलवायु न्यायको मुद्दालाई सशक्त रूपमा उठाउँदै अत्याधिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूबाट क्षति तथा नोक्सानी बापत न्यायोचित क्षतिपूर्ति र पर्याप्त अन्तर्राष्ट्रिय सहयोग माग गर्नुपर्छ,’ ट्रेड युनियन कांग्रेसले भनेको छ ।

ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले विज्ञप्ति निकालेर बाढी प्रभावित श्रमिकको जीवनयापनको लागि विशेष राहतको व्यवस्था माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?