+

एकदिवसीय खेलमा नेपाल ए तास्मानियासँग पराजित

२०८३ भदौ  १७ गते १६:५१ २०८३ भदौ १७ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ए तास्मानियासँग बुधबार भएको एकदिवसीय खेलमा २ विकेटले पराजित भयो।
  • नेपाल ए ले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।
  • नेपाल ए ४३.३ ओभरमा १९२ रनमा अलआउट भयो, जसमा तृतराज दासले सर्वाधिक ३७ रन बनाए।

१७ भदौ, काठमाडौं । नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ ।

बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु कुहनेमानले समान २३ रन बनाए ।

नेपाल ए का लागि शाहब आलम र दीपक डुम्रेले २-२ विकेट लिँदा आकाश चन्द, रिजन ढकाल र पवन सर्राफले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ४३.३ ओभरमा १९२ रनमा अलआउट भएको थियो ।

तृतराज दासले सर्वाधिक ३७ रन बनाउँदा मयन यादवले ३२, कुशल मल्लले २९ तथा पवन सर्राफले अविजित २२ रन बनाए ।

नेपालले यसअघि टप एन्ड टी-२० सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो जहाँ ६ मध्ये २ खेल मात्र जितेको थियो ।

नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्युजिल्यान्ड ए सँग एकदिवसीय खेल खेल्नेछ ।

तास्मानिया क्रिकेट नेपाल ए क्रिकेट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय