+

न्यूरोसर्जन समाजबाट बाढीपीडितलाई ५ लाख सहयोग

२०८३ भदौ  १८ गते १३:०५ २०८३ भदौ १८ गते १३:०५
न्यूरोसर्जन समाजबाट बाढीपीडितलाई ५ लाख सहयोग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल न्यूरोसर्जन समाजले बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा ५ लाख १०१ रुपैयाँ जम्मा गरेको छ।

१८ भदौ, काठमाडौं । नेपाल न्यूरोसर्जन समाज (नेसन) ले बाढीपीडितका लागि ५ लाख ‍१०१ रुपैयाँ सहयोग गरेको छ । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सो रकम प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको जानकारी दिएको छ ।

देश र जनतामाथि आइपरेको यस दुःखद् घडीमा उद्धार तथा राहत कार्यमा अलिकति भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको समाजका अध्यक्ष प्रा.डा. राजीव झाले बताए ।

साथै, समाजले सम्पूर्ण दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुला परिवारप्रति गहिरो समवेदना व्यक्त समेत गरेको छ ।

उद्धार बाढीपीडित रसुवा बाढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय