+

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

२०८३ भदौ  १८ गते १३:५४ २०८३ भदौ १८ गते १३:५४
बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढी पीडितका लागि नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १५ लाख ५५ हजार ५५५ सहयोग गरेको छ।

१८ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १५ लाख ५५ हजार ५५५ सहयोग गरेको छ ।

बुधबारल्याबका सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

विपद्का कारण प्रभावित क्षेत्रमा दूषित पानी, सरसफाइको अभाव तथा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिम उच्च हुने भएकाले स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको संस्थाका रूपमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त सहयोग गरिएको नेशनल प्याथ ल्याबले जनाएको हो ।

कम्पनीले अर्थमन्त्रीसमक्ष तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनामा समेत योगदान गर्ने योजना अघि सारेको हो ।

साथै, ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बाढीबाट ठूलो क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत थप २० लाखसम्म सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विपद्को समयमा राहतसँगै नागरिकको स्वास्थ्य सुरक्षा, रोगको पहिचान तथा रोकथाम पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरूले आफ्नो विशेषज्ञता र स्रोतलाई सामाजिक हितमा परिचालन गर्नुपर्ने धारणा कम्पनीको छ ।

कम्पनीले आगामी दिनमा पनि सरकार, स्थानीय समुदाय तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै आवश्यकताका आधारमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

 

नेशनल प्याथ ल्याब रसुवा बाढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय