+
+
Shares

गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा विकास बैंकले सेयरधनीलाई हालको ६ अर्ब दुई करोड रुपैयाँ चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
  • बिहीबार साँझको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
  • नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको पारितपछि प्रस्तावित बोनस सेयर वितरण हुँदा बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ पुग्नेछ।

१९ भदौ, काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रस्तावित बोनस सेयर पारितपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ कायम हुनेछ । बैंकका देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?